Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

सम्पत्ति शुद्धीकरणमा नेपाललाई ‘ग्रे लिस्ट’बाट जोगाउनुपर्छः मन्त्री गुरुङ

२०८१ पुष १८ गते

बैंकिङ खबर/सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘सम्पत्ति शुद्धीकरण’को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’बाट जोगाउन जरुरी रहेको बताएका छन् ।

मन्त्रिपरिषद्ले गरेको निर्णयबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरूले सोधेका प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता गुरुङले ‘सम्पत्ति शुद्धीकरण’को मामिलामा नेपाललाई ‘ग्रे लिस्ट’बाट जोगाउन सरकारले अभियान नै सुरु गर्ने निर्णय गरेको जानकारी दिए ।