Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

धितोपत्र सम्बन्धी विधेयकमा २८ सांसदका ९६ संशोधन प्रस्ताव दर्ता

२०८१ पुष १४ गते

बैंकिङ खबर/ प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा छलफलमा रहेको धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ मा २८ सांसदले ९६ संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

गत असोज ६ मा अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभामा प्रस्तुत गरेको विधेयकमाथि भदौ ११ मा सामान्य छलफल गरी प्रतिनिधि सभाले उक्त विधेयक दफावार छलफलका लागि अर्थ समितिमा पठाएको थियो ।

भदौ १८ मा अर्थ समितिमा पेश भएको विधेयकमाथि १३ जना सांसदले एकल र बाँकी १५ जना सांसदले संयुक्त रूपमा गरेर १९ वटा संशोधन प्रस्तावमार्फत ९६ वटा संशोधन प्रस्ताव दर्ता गराएका हुन् । जसमा एउटा संशोधन प्रस्ताव भने फिर्ता भइसकेको छ ।