Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले माग्यो वित्तीय साक्षरता प्रशिक्षक, यस्तो छ आवश्यक योग्यता

२०८१ पुष २ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरता प्रशिक्षक माग गरेकाे छ । मंगलबार एक सूचना जारी गर्दै वित्तीय साक्षरता प्रशिक्षकका लागि आवेदन आह्वान गरेको हो। मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरेको वा मान्यताप्राप्त राष्ट्रिय वा अन्तर्राष्ट्रिय चार्टर्ड एकाउन्टेन्सी संस्थाबाट सीएरएसीसीएरसीएपी परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन सक्नेछन्।

वित्तीय क्षेत्रसँग सम्बन्धित संस्थामा कम्तीमा १५ वर्षको अनुभव तथा फाइनान्सियल लिट्रेसीसँग सम्बन्धित विषयमा अनुभव र विशेष योग्यता प्राप्त गरेका व्यक्तिलाई ग्राह्यता दिइने केन्द्रीय बैंकले जनाएको छ।

हाल भइरहेका वित्तीय साक्षरता कार्यलाई सुदृढीकरण गर्ने उद्देश्यले आर्थिक तथा वित्तीय क्षेत्रको ज्ञान तथा अनुभव भएको, भुक्तानी प्रणालीमा भएका विकास र नवीनतम प्रविधिको प्रयोगसँगै बढ्दो डिजिटल फाइनान्सियल सर्भिसेज, तिनमा अन्तर्निहित जोखिम, वित्तीय अपराधलगायतका विषयमा दख्खल भएका र वित्तीय साक्षरताको क्षेत्रमा क्रियाशील व्यक्तिहरु सम्मिलित वित्तीय साक्षरता प्रशिक्षक तयर गर्न लागिएकोले इच्छुकले आवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ।