December 16th, 2024

एडीबीबाट प्राप्त ऋण र अनुदान स्वीकृत

बैंकिङ खबर/ सरकारले काठमाडौँ उपत्यका खानेपानी आपूर्ति सुधार आयोजना (दोस्रो) को लागि एसियाली विकास बैंकबाट प्राप्त हुने १७० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र १५ मिलियन अमेरिकी डलर अनुदान एवं जापान प्राप्त हुने ३ मिलियन अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।