बैंकिङ खबर/विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ । विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो ।
नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ ।
विश्व बैंकका अनुसार डीपीओको दोस्रो शृंखलाअन्तर्गत सहयोग भएको हो । यो ऋणले नेपालका वित्तीय उपकरण, जलसुरक्षा, सिँचाइ, भू-उपयोग तथा व्यवस्थापन, दिगो वन व्यवस्थापन, जलवायु एवम् विपद् सूचना प्रणालीलगायतमा उपयोग हुने बताइएको छ ।