December 12th, 2024

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसहितको रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको चार महिनाको तथ्यांकमा आधारमा रिपोर्ट सार्वजनिक गरेको हो ।

बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.६० प्रतिशत रहेको छ भने आयात ०.२ प्रतिशतले र निर्यात ४.२ प्रतिशतले बढेको छ ।

यसैगरी विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.१ प्रतिशतले बढेको छ भने शोधनान्तर स्थिति रु.२०५ अर्ब ८३ करोडले बचतमा रहेको छ ।
यस्तै कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १६ अर्ब ७० करोड रहेको छ भने नेपाल सरकारको खर्च रु.४१५ अर्ब २ करोड र राजस्व परिचालन रु.३२३ अर्ब २४ करोड रहेको छ ।

यस्तै विस्तृत मुद्राप्रदाय ३.० प्रतिशतले बढ्दा वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १२.१ प्रतिशतले बढेको छ । यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन २.३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा २.५ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ।

रिपोर्टको पूर्णपाठ

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Four-Months-data-of-2081.82-1