बैंकिङ खबर/अर्थ मन्त्रालयले विदेशी ऋण लिने सम्झौता गरेको छ । एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २१ अर्ब २३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण तथा अनुदान दिने सम्झौता भएको छ ।
अर्थ मन्त्रालय र एडीबीबीच बुधबार नवीनतम यान्त्रिक सिँचाइ आयोजनाका लागि २१ अर्ब २३ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण र अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामध्ये २ अर्ब अनुदान र १४ अर्ब ८८ करोड रुपैयाँ बराबर ऋण लिने सम्झौता भएको छ । अर्थसचिव डा. रामप्रसाद घिमिरे र एडीबीका नेपालका लागि देशीय प्रबन्धक अर्नाउड कचोइसले सम्झौतामा हस्ताक्षर गरेका छन् ।