Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

डलरको भाउले बनायो नयाँ रेकर्ड, नेपाली मुद्रा इतिहासकै कमजोर

२०८१ कार्तिक २३ गते


बैंकिङ खबर/अमेरिकाको राष्ट्रपतिमा रिपब्लिकन डोनाल्ड ट्रम्प विजयी भएसँगै विश्व बजारमा अमेरिकी डलरको भाउ बलियो बन्दै गएको छ। नेपाली बजारमा शुक्रबार फेरि डलरको भाउले नयाँ रेकर्ड बनाएको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३४.७० रुपैयाँ र बिक्रीदर १३५.३० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।
बिहीबार १ अमेरिकी डलरको खरिददर १३४.५६ रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ कायम भएको थियो। जुन हालसम्मकै उच्च थियो। यो रेकर्ड आज तोडिएको छ।

डलरको भाउ बढ्दा मुलुकको व्यापार घाटा झन् बढ्न सक्छ। किनकि नेपालको निर्यातभन्दा आयात धेरै हुने गरेको छ। अर्कोतर्फ डलरको भाउ बढ्दा रेमिट्यान्स पठाउनेलाई फाइदा हुन्छ।