बैंकिङ खबर/ अमेरिकी डलरको भाउले फेरि नयाँ कीर्तिमानी बनाएको छ । योसँगै नेपाली मुद्रा पनि इतिहासकै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको खरिददर १३४.२२ रुपैयाँ र बिक्रीदर १३४.८२ रुपैयाँ कायम भएको छ।
जुन हालसम्मकै उच्च हो। यसअघि गत असोज २६ गते १ अमेरिकी डलरको खरिददर १३४.२० रुपैयाँ र बिक्रीदर १३४.८० रुपैयाँ कायम भएको थियो। जुन हालसम्मकै उच्च थियो।