बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकमा विभिन्न पदका लागि रोजगारी खुलेको छ । बैंकले रिक्त रहेका विभिन्न पदमा करारमार्फत् पूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका इच्छुकहरुबाट असोज १८ गतेदेखि कात्तिक २ गतेसम्म अनलाइन दरखास्त आह्वान गरेको हो ।
केन्द्रीय बैंकले दरखास्तका साथै आफुले प्राप्त गरेको शैक्षिक योग्यता, नागरिकताको प्रमाणपत्र, तोकिएको अनुभव सुन्ने प्रमाणपत्र तथा अन्य सम्पूर्ण प्रमाणपत्र स्क्यान गरी संलग्न पठाउनुपर्ने बताएको छ । राष्ट्र बैंकका अनुसार दरखास्त दस्तुर भुक्तानी नभएका वा म्याद नाघी प्राप्त हुन आएका वा रीत नपुगी पेश हुन आएका दरखास्त उपर कुनै किसिमको कारबाही हुने छैन ।
राष्ट्र बैंकले झुट्टां विवरण पत्ता गरी दरखास्त फाराम भरेमा उम्मेदवार स्वयं जवाफदेही हुनुपर्ने बताएको छ । राष्ट्र बैंकले दरखास्त दिने अन्तिम मितिमा उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने बताएको छ ।
Notice-Karar-2081-vacancy