बैंकिङ खबर/नेशनल लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय बेलैरी कन्चनपुरले आफ्ना सदस्यहरुलाई व्यावसायीक तरकारी खेती तालिम प्रदान गरेको छ । संस्थाले बुधबार बेलौरी नगरपालिका. वडा नं. ०४ स्थित बेलौरी उद्योग वाणिज्य संघको तालिम हलमा आयोजना गरेको कार्यक्रममा शाखाका शाखा प्रमुख केशबराज पोख्रेलको सभाध्यक्ष तथा, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी सहायक निरीक्षक तेज बहादुर ऐरी र प्रशिक्षक सागर विष्टको आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको छ ।
कार्यक्रममा प्रशिक्षक सागर विष्टले नर्सरी तयार पार्न, बेर्ना राख्न, बिरुवा रोप्न, बिरुवामा लाग्न सक्ने रोग,प्राङ्गरिक मलको फाइदा, घरेलु विषादीको बारेमा प्रशिक्षण दिएका थिए । कार्यक्रमका अतिथि समेत रहेका इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी साहयक निरीक्षक तेज बहादुर ऐरीे आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।
उपस्थितहरुमध्ये मिना रानाले यस व्यावसायिक तरकारी खेती तालिम कार्यक्रमबाट आफुहरुले धेरै कुराहरु सिकेको सिपलाई व्यवहारमा लागुगर्ने अरु सदस्यहरुलाई पनि सिकाउने र नेशनल लघुवित्तले हामीहरुलाई यस प्रकारका तालिम सिपहरु सिकाइरहोस भनी मन्तव्य व्यक्त गरेकी थिइन् ।
उक्त कार्यक्रममा ३५जना सदस्यहरु र कर्मचारीहरुको उपस्थीती रहेको थियो । कर्मचारी हिरा कुमारी चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका क्रमचारी लोक ठगुन्नाले गरेका (थिए भने लघुवित्तका कारण नेपालका धेरै ठुला उपलब्धि भएका छन् । लघुवित्तले आफ्ना सदस्यहरुलाई विभिन्न तालिमहरु, वित्तीय साक्षरता, महिला सचेतना, गरीबी निवारण, शिक्षा, स्वास्थ जस्ता यावत क्षेत्रमा संस्थाले काम गरिरहेको र आगामी दिनमा पनि नेशनल लघुवित्त वित्तीय संस्था हजुरहरुको सहयात्री भएसँगै अगाडि बढ्ने शाखा प्रमुख पोख्रेलले बताए ।