Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हिमालयन बैंकका सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर : हकप्रद आवेदकले पाउँछ कि पाउँदैन ?

२०७३ मंसिर १५ गते

हिमालयन बैंक लिमिटेडले आफ्नो सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको ३३८ औँ बैठकले उक्त अनुपातमा बोनस सेयर वितरण गर्ने प्रस्ताव अघि सारेको हो । कर प्रयोजनका लागि बैंकले १.५७८९ प्रतिशत नगद लाभांश पनि दिनेछ । 

हाल जारी भइरहेको हकप्रद सेयरका लागि आवेदन दिएका सेयरधनीहरुले बोनस सेयर नपाउने बैंकले प्रष्ट पारेको छ । कात्तिक २६ गतेदेखि निष्काशन भइरहेको हिमालयन बैंकको हकप्रद सेयरका लागि मंसिर ३० गतेसम्म आवेदन दिन सकिनेछ ।