बैंकिङ खबर/ कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८०/०८१ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभांश घोषणा गरेको छ ।
७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी १२ प्रतिशत लाभाशं घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् ।
योसँगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । कामना सेवा विकास बैंक आ.व.२०८०/८१ को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिशेयर वितरण योग्यनाफा भएको विकास बैंक समेत हो । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकबाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।