Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकको लाभांश घोषणा

२०८१ भाद्र २८ गते


बैंकिङ खबर/ कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८०/०८१ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १२ प्रतिशत लाभांश घोषणा गरेको छ ।

७ प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश (कर समेत) गरी १२ प्रतिशत लाभाशं घोषणा गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती तथा आगामी १८ औं वार्षिक साधारणसभाबाट पारित भए पश्चात शेयरधनीहरुले उक्त लाभाशं प्राप्त गर्नेछन् ।

योसँगै लाभांश घोषणा गर्ने पहिलो विकास बैंक समेत भएको छ । कामना सेवा विकास बैंक आ.व.२०८०/८१ को चौथो त्रयमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार सर्वाधिक प्रतिशेयर वितरण योग्यनाफा भएको विकास बैंक समेत हो । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकबाट उक्त प्रस्ताव पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।