बैंकिङ खबर/ नेपाली बजारमा डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको बिक्रीदर १३४ रुपैयाँ ६८ पैसा पुगेको छ भने खरिददर १३४ रुपैयाँ ८ पैसा पुगेको छ।
यो डलरको हालसम्मकै उच्च मूल्य हो। यस अघि डलरको उच्च मूल्य १३४ रुपैयाँ ६६ पैसा (बिक्रीदर) थियो। योसँगै नेपाली मुद्रा पनि इतिहासकै कमजोर बनेको छ।