September 3rd, 2024

को हुन् टान निर्वाचनमा भारी मतसहित विजयी सागर पाण्डे ?(बायोग्राफ्रीसहित)

बैंकिङ खबर/ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा भारी मतसहित सागर पाण्डे विजयी भएका छन् । अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र सापकोटालाई पराजित गर्दै पाण्डे विजयी भएका हुन् । पाण्डेले ५८० मत र भने सापकोटाले ४८० मत प्राप्त गरे ।

पर्यटन क्षेत्रका कुशल नेतृत्वकर्ता

पर्यटन क्षेत्रमा एक महत्वपूर्ण नाम हो सागर पाण्डे । जसलाई पर्यटन क्षेत्रका व्यवसायीहरु एक असल, इमान्दार तथा सफल र नेतृत्व क्षमता बोकेको व्यबसायीका रुपमा चिन्ने गर्दछन् । २२/२३ वर्षको उमेरदेखि नै पर्यटन क्षेत्रमा लाग्नु भएका पाण्डेले यसै क्षेत्रमा करिब ३० वर्ष बिताइ सकेका छन् ।

बाल्यवस्था र शिक्षा

२०२८ सालमा काठमाडौं वीर हस्पिटलमा जन्मिनु भएका पाण्डेका बुबा, आमा, दिदीहरु काठमाडौंकै कालधारामा बस्थे । बुबा महान्यायाधिवक्ता कार्यालयमा जागिरे थिए । जसले गर्दा पाण्डेको बाल्यकाल सुखमयमै बित्यो । उनी ५,६ वर्षको उमेरसम्म काठमाडौंमै बसे । ‘क’, ‘ख’ उहाँले जिपी हाइस्कुलमा पढे । बाल्यकालको सम्झना गर्दै पाण्डे भन्छन्, ‘मलाई अहिलेपनि सम्झना छ, त्यो कालधारा नजिकैको विष्णुमतीमा पौडी खेलेको, माछा मारेको, त्यहि सडकमा साइकल चलाएको ।’

गाउँको ठूलो परिवार, त्यसकारण पनि उहाँको आमा गाउँ (गोरखा) जानुपर्ने भयो । आमासँगै पाण्डे पनि गाउँ गए । गाउँमा गएपछि उनले सात कक्षाबाट पढाइ शुरु गर्नुभयो । अन्ततः गोरखा सदरमुकामको शक्ति माविबाट २०४४ सालमा ७३ प्रतिशत ल्याएर एसएलसी पास गरे । उनी भन्छन्, ‘फस्ट डिभिजन ल्याएपछि साइन्स पढ्नुपर्छ, डाक्टर, इन्जिनियर बन्नुपर्छ भन्ने थियो । अर्को छोराले कमर्स पढ्न हुँदैन, छोरी मान्छेले नर्स पढ्न हुँदैन भन्ने थियो । पढ्नकै लागि २०४५/०५६ सालमा म काठमाडौंको अमृत साइन्स कलेजमा भर्ना भए । फिजिक्स विषय लिएर पढे । आइएसी सकिएपछि मलाई इन्जिनियरिङतिर जान मन लागेन । त्यसपछि माइनिङ इन्जिनियरिङ पढ्ने भनेर त्रिचन्द्र कलेजको जियोलोजी डिपार्टमा भर्ना भए । र जियोलोजीमा ग्राजुएसन गरे ।’

त्यसपछि भने पाण्डेको पढाइ अगाडि बढेन । उनी थप्छन्, ‘मेरो सोंच माइरिङ इन्जियिरिङ जियालोजिस्टमा जाने इच्छा थियो । संयोगवस पर्यटन क्षेत्रमा आइयो ।’
सानै उमेरदेखि केही गरौँ भन्ने भावनाका साथ अगाडि बढेका पाण्डेले विएस्सीसम्मको पढाई सकेपछि साथीहरुसँगको पार्टनरमा हार्ड रक टे«क्स एण्ड एक्पीडिसन स्थापना गरी नेपालको पर्वतीय पदयात्रा पर्यटनलाई अगाडि बढाएका थिए ।

साथीसँग काम गर्दागर्दै पर्यटन क्षेत्रको अनुभव बटुलेका पाण्डेले सन् १९९८ मा आफैँले हिमालयन ग्ल्यासियर टे«किङ स्थापना गरे । उक्त टे«किङ कम्पनी हालसम्म पनि सञ्चालनमा रहेको छ ।

टे«किङसँगै पाण्डे हस्पिटालिटी क्षेत्रमा समेत प्रवेश गरे । सन् २००३ मा ठमेलस्थित गल्कोपाखा ओरालोमा होटल इन्काउन्टर स्थापना गरी हस्पिटालिटी क्षेत्रमा प्रवेश गर्नुभएका पाण्डेको हाल होटल मुनलाईट, यात्री स्वीट्स एण्ड स्पा, होटल नोर्बुलिङ्का, अवतार काठमाडौं होटल, काठमाडौं ग्रील रेष्टुरेन्ट एण्ड वाइन बारलगायत सञ्चालनमा रहेका छन् ।
पाण्डेले सञ्चालन गरेको व्यवसायबाट हाल ५०० भन्दा बढीलाई प्रत्येक्ष रोजगारी प्रदान गरेका छन् । ट्रेकिङ तथा पर्वतारोहण क्षेत्रमा राम्रो पहिचान बनाउनुभएका पाण्डे मजदूर र व्यवसायीका समस्या, हकहितका विषय उठाउने व्यक्ति हुन् ।

‘पर्यटन क्षेत्र एउटा महासागर रहेछ’

पाण्डे पर्यटन क्षेत्रमै लागेको तीन दशक भइसकेको छ । उनी भन्छन्, ‘पर्यटन क्षेत्रमा लाग्ने योजना पनि थिएन, तर अकस्मात यो क्षेत्रमा आइयो । पर्यटन क्षेत्र एउटा महासागर रहेछ । यहि क्षेत्रमा रमाइ रहेको छु । सबै हिसाबले खुसी छु । यत्रो इन्ड्रष्ट्रिको माझमा बस्न पाएको छु । व्यवसायको हिसाबले एउटा समुन्द्रको बीचमा तैरिन पाएको छु ।’
 

ट्रेकिङ कम्पनी स्थापना भएदेखि नै टानमा सक्रिय पाण्डे सन् २०१३ देखि २०१५ सम्म टानको महासचिव भएर कुशल भूमिका निर्वाह गरेका थिए । महासचिव हुँदा नेपालको पर्वतीय पदयात्रा व्यवसायको विकास र विस्तारमा मुख्य भूमिका निर्वाह गरेका थिए ।

उनी भन्छन्, ‘हाम्रै कार्यकालमा ‘क्राइसिस’ को समय थियो । त्यो बेला हामीले धेरै राम्रो कामहरु ग¥यौं । टुरिजम बोर्डको वेतिथिकाविरुद्ध आवाज उठायौं । जसले राष्ट्रिय रुपमा टानको पहिचान बढायो । अहिले अन्तर्राष्ट्रिय रुपमै टानको महत्व बढ्दै गएको छ ।’

टानको कार्यसमितिमा रहेर लामो समय काम गरेका पाण्डेले २०४९ सालदेखि निरन्तर नेपालको पर्वतीय पर्यटन क्षेत्रमा सक्रिय रुपले लागि रहेका छन् । उनै पाण्डे टानको निर्वाचनमा ५८० मतसहित विजयी भएका छन् ।