September 1st, 2024

टान निर्वाचन : राजनीतिक गुटविरुद्ध व्यवसायीहरु एकजुट (फोटोफिचर)


बैंकिङ खबर/ ट्रेकिङ व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सी एसोशिएसन अफ नेपाल(टान)को निर्वाचन भदौ १७ गते(सोमबार) हुँदैछ ।

निर्वाचनको अध्यक्ष पदमा बरिष्ठ पर्यटन व्यवसायी सागर पाण्डे र राजेन्दप्रसाद सापकोटा चुनावी मैदानमा उत्रिएका छन् । सापकोटालाई कांग्रेस र एमालेनिकट व्यवसायीको समर्थन छ । तर सापकोटाको राजनीतिक गुटविरुद्ध उत्रिँदै पाण्डेलाई विजयी गराउन व्यवसायहरुको साझा समूहले समर्थन गरेको छ ।

सागर पाण्डेलाई जुझारु व्यावसायीकको साथ र समर्थन रहेको छ । पाण्डेले पर्यटन व्यवसायीको हक हितका लागि २२ बुँदे घोषणापत्र समेत सार्वजनिक गरिसकेका छन् ।

अध्यक्षका उम्मेदवार पाण्डेले आफू ३० वर्षदेखि पर्यटन क्षेत्र र ट्रेकिङ पेसामा आबद्ध रहेकाले ट्रेकर्सहरुको समस्या र समाधानबारे स्पष्ट रहेको बताएका छन् ।

पाण्डेले आफूहरु व्यावसायीक र समावेशी समूह भएको बताए । उनले भने, ‘हाम्रो उम्मेदवारी टानमा भइरहेको सिण्डीकेटको विरुद्धमा हो । हामी कुनै राजनीतिक दलको सम्झौतामा बाँधिएका छैनौं । हाम्रो पार्टी भनेकै पर्यटन हो, हाम्रो पार्टी भनेकै टान हो ।’

तस्बिरमा हेर्नुहोस्