बैंकिङ खबर/नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरीले १ खर्ब लगानी गरेका अटो व्यवसायी सरकारको अस्थिर नीतिले मारमा परेको गुनासो गरेका छन् ।
काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो सो २०२४ को उद्घाटन समारोहमा अध्यक्ष चौधरीले नेपालको अटो मोबाइल व्यवसाय ट्रेडिङबाट सुरु भएर उद्योगका रूपमा विकास भइरहेको बताए। चौधरीले नाडा अटो सो व्यवसायीहरूको दसैँका रूपमा लिने गरेको बताए ।
अध्यक्ष चौधरीले अटो सो गाडी बिक्रीका लागि मात्र नभई समग्र मोबिलिटीका लागि पनि हुने गरेको बताए। अटो मोबाइल्स व्यवसाय पारदर्शी रहे पनि ठगका रूपमा चित्रित गर्न खोजेको बताए।