बैंकिङ खबर/नेपालका लागि केइ अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटीले आउँदै गरेको नाडा अटो शोमा तीनवटा मोडेलका नयाँ गाडी सार्वजनिक गर्ने भएको छ । त्यसका लागि कम्पनीले अहिलेदेखि नै ती तीन मोडेलका गाडीको नाम बताई बताई पुरस्कार जित्ने सोसियल मिडिया क्याम्पेन सुरु गरेको छ ।
क्याम्पेनअन्तर्गत सहभागिता जनाउन केइ नेपालको फेसबुक तथा इन्स्टाग्राम पेजमा गई उक्त प्रश्नको उत्तर लेख्नुपर्नेछ । सहभागीमध्येबाट सबै तीन मोडेलको सही पहिचान गरी उत्तर दिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोसको मिक्सर ग्राइन्डर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । केइ नेपालको सोसियल मिडिया फलोअर्स र क्याम्पेन आजबाट १० भदौसम्म चल्ने बताइएको छ ।
आउँदै गरेको नाडा अटो शोमा केइ अटोमोबाइल्सको स्टल नं एच-१६ रहेको छ । उक्त स्टलबाट केई ब्रान्ड र नाडामा लन्च गरिने केइका नयाँ गाडीहरूका बारेमा जानकारी लिन सकिने पनि कम्पनीले जनाएको छ ।