November 27th, 2016

दुई फाइनान्स कम्पनीले पाए बोनस जारी गर्ने अनुमति

guheshwariगुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले बोनस सेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्विकृती प्राप्त गरेको छ । कम्पनीले आफ्ना सेयरधनीका लागि १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७४ प्रतिशत नगद लाभांश दिन लागेको हो । गत असोज २१ गतेदेखि कात्तिक २५ गतेसम्म ५० प्रतिशत हकप्रद निष्काशन गरेको बैंकले हकप्रद वितरणपछि कायम हुने चुक्तापुँजीबाट बोनस दिन लागेको हो । 

manjushreeमञ्जुश्री फाइनान्सले पनि बोनस सेयर जारी गर्न राष्ट्र बैंकको स्विकृती पाएको छ । कम्पनीले आफ्ना सेयरधनीका लागि १४ प्रतिशत बोनस सेयर दिन लागेको हो । कर प्रयोजनका लागि कम्पनीले ०.७४ प्रतिशत नगद लाभांश पनि दिने छ ।