गत साताको अन्तिम दिन १६५८.०८ अंकमा रहेको सेयर बजार यो साता १५३४ अंकमा कायम भएको छ । यस आधारबाट हेर्दा साताभरमा १२४.०८ अंकले घटेको देखिन्छ । त्यस्तै, साताभरमा पाँच अर्ब छ करोड ३८ लाख ३४ हजार छ सय नौ रुपैयाँको कारोबार भएको छ । गत साता पाँच अर्ब दुई करोड ४८ लाख ८१ हजार तीन सय ३५ रुपैयाँ पुँजी परिचालन भएको थियो ।
गत साता एक अर्ब ४० करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको एभरेष्ट बैंकको यो साता ७१ करोड १२ लाख ९६ हजार चार सय ७७ रुपैयाँको कारोबार भएको छ । नेशनल लाइफ इन्स्योरेन्सको २५ करोडको हाराहारीमा कारोबार भएको छ । यसबाहेक, शिखर इन्स्योरेन्स, बैंक अफ काठमाण्डू लुम्बिनी लगायतको पनि राम्रो कारोबार भएको छ । एनबि इन्स्योरेन्स, सृजना फाइनान्स, कन्काई विकास बैंक लगायतका सेयरधनीले धेरथोर कमाएका छन् भने महिला सहयात्रा माइक्रोफाइनान्स, रिलायबल माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त लगायतले धेरै गुमाएका छन् ।