July 5th, 2024

राष्ट्रिय सभाबाट बजेट पारित

बैंकिङ खबर/ राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । शुक्रबार राष्ट्रिय सभाले बजेट पारित गरेको हो ।प्रतिनिधि सभाबाट भने असार ११ गते नै बजेट पारित भइसकेको छ ।

अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।राष्ट्रिय सभाले अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेका बजेट आश्रित तीन वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा स्वीकृत गरेको छ ।

बजेट पारित हुनु अघि अर्थमन्त्रीले भौगोलिक क्षेत्र, वर्ग, समुदायको समानुपातिक र सन्तुलित विकासप्रति प्रतिबद्ध रहेर बजेट आएको बताएका थिए । जसमा आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र भन्सार महसुल विधेयक छन् ।