बैंकिङ खबर/ नेपालमा पाँच सय र एक हजारका नोट प्रतिबन्ध लगाउन माग गरिएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेस सांसद कमला पन्तले ५ सय र हजारको नोटमा प्रतिबन्ध लगाउन माग गरिन् ।
सभाको बैठकमा विनियोजन विधेयकमा विभिन्न मन्त्रालयको शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेकी हुन्। अर्थमन्त्रीले हिम्मत देखाएर भएपनि पाँच सय र हजारको नोट प्रतिबन्ध लगाउनुपर्ने उनले बताइन्। उनले भनिन्, ‘अर्थमन्त्रीज्यु सक्नुहुन्छ भने ५ सय हजारको नोट ब्याण्ड गर्नुस्।’