बैंकिङ खबर/कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानलाई करिब १ अर्ब रुपैयाँ दिनुपर्ने बीमाको रकम भुक्तानी गर्न सहमति गरेको छ । कृषिमन्त्री ज्वालाकुमारी साहसहित मन्त्रालयका सचिवहरूले नेपाल बिमक संघ, नेपाल बीमा प्राधिकरणसँग छलफल गरेर सहमति गरेको मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीले बताइन् ।
उनका अनुसार बीमा कम्पनीहरूले जारी गरेको कृषि तथा पशुपन्छी बीमा अन्तर्गत बीमालेख बापत प्राप्त गर्नुपर्ने बाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये तत्काल ९७ करोड भुक्तानी गर्ने र बाँकी रकम चालु आर्थिक वर्षमै भुक्तानीको पहल गर्ने सहमति भएको हो ।