Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

१६ औं पञ्चवर्षीय योजना : ७.३ प्रतिशत आर्थिक वृद्धि, प्रतिव्यक्ति आय २३५१ डलर पुर्‍याउने लक्ष्य

२०८१ जेष्ठ २ गते

बैंकिङ खबर/ १६ औं पञ्चवर्षीय योजना सार्वजनिक गरिएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै राष्ट्रिय योजना आयोगले आगामी ५ वर्षसम्मका लागि नेपालले हाँसिल गर्नुपर्ने भनि बनाएको योजना सार्वजनिक गरेको हो ।

उक्त पञ्चवर्षीय योजनाले आर्थिक वर्ष २०८५/०८६ मा ७.३ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको छ । हाल नेपालको आर्थिक वृद्धिदर (२०७९/८०) ३.९ प्रतिशत छ ।

त्यसैगरी पञ्चवर्षीय योजनाले आगामी अवधिमा हाल १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य राखेको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार हाल गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशत रहेकामा १२ प्रतिशतमा झार्ने लक्ष्य छ ।

त्यसैगरी उपभोक्ता मुद्रास्फीति ७.७ प्रतिशत रहेकामा त्यसलाई ५ प्रतिशतमा झार्ने, मानव विकास सूचकांक हाल ०.६०१ रहेकामा ०.६५० पुर्‍याउने, मानव सम्पत्ति सूचकांक ७६.३ रहेकामा त्यसलाई ७८ पुर्‍याउने, आर्थिक तथा वातावरणीय जोखिम सूचकांक २९.७ रहेकामा २४ मा सीमित गर्ने, अपेक्षित आयु (जन्म हुँदाको) हाल ७१.३ वर्ष रहेकामा ७३ वर्षमा विस्तार गर्नेजस्ता लक्ष्यहरु पञ्चवर्षीय योजनामा राखिएका छन् ।