बैंकिङ खबर/चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा निर्यातको योगदान बढ्ने भएको छ। विगत २ वर्षको तुलनामा १ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको हो।
आर्थिक वर्ष २०८०/०८१ मा जीडीपीको ७.९४ प्रतिशत निर्यात हुने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो योगदान ६.९६ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनको ६.७० प्रतिशत निर्यात भएको थियो।
कुल गार्हस्थ्य उत्पादनमा वस्तु तथा सेवा आयातको योगदान घटेको छ। गत आर्थिक वर्ष ३४.६८ प्रतिशत आयात हुने अनुमान रहेकोमा चालू आवमा ३३.७० प्रतिशत मात्रै योगदान हुने अनुमान रहेको छ। आर्थिक वर्ष २०७८/०७९ को अन्तिम तथ्यांक अनुसार उक्त वर्षमा ४२.२७ प्रतिशत योगदान रहेको थियो।