March 6th, 2024

अर्थमन्त्री बन्दै वर्षमान पुन

बैंकिङ खबर/माओवादी उपमहासचिव वर्षमान पुन फेरि एकपल्ट अर्थमन्त्री बन्ने भएका छन् । माओवादीले बुधबार पुनलाई अर्थमन्त्री बनाउने निर्णय गरेको हो । पुन यसअघि पनि अर्थमन्त्री बनेका थिए ।

२०६४ सालबाट संसदीय यात्रा शुरु गरेका पुन पहिलो पटक २०६७ सालमा शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए । त्यस्तै २०६८ सालमा अर्थमन्त्रीको जिम्मेवारी पाएका उनी २०७४ मा ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री बनेका थिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]