Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बजेट निर्माण प्रक्रिया सुरु

२०८० माघ १७ गते

बैंकिङ खबर/ सरकारले माघको तेस्रो सातादेखि नै आगामी आर्थिक वर्ष (२०८१/०८२) को बजेट निर्माण प्रक्रिया अघि बढाएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया सुरु गर्दै स्रोत व्यवस्थापन समितिको बैठक आयोजना गरेको हो ।

सरकारले आगामी आर्थिक वर्षदेखि फरक ढङ्गको बजेट निर्माण गर्ने लक्ष्यसहित ‘बजेट क्यालेन्डर’ नै फेरेको छ । अध्यादेशमार्फत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६’ लाई सरकारले संशोधन गरिसकेको छ ।

बजेट निर्माण प्रक्रिया माघदेखि नै थाल्ने र फागुन मसान्तभित्र संसदमा प्राथमिकता र सिद्धान्तमाथि छलफल सुरु गर्ने योजनामा सरकार छ । यसका लागि अध्यादेशमार्फत ऐन संशोधन गरेर समग्र बजेट निर्माण प्रक्रिया अघि बढाइएको छ ।

जेठ १५ गतेमात्रै संसदमा बजेटको प्राथमिकता र सिद्धान्तमाथि छलफल थाल्नु प्रभावकारी हुन सकेको थिएन । यो प्रक्रियामार्फत संसदमा देखावटी र प्रक्रिया पूरा गर्नका लागि मात्रै बजेट प्रस्तुत हुन्थ्यो । अहिलेसम्मको बजेटमा सांसदहरुले दिएको सुझाव समेत समेटिएको छैन ।