Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

सार्वजनिक ऋण २३.८४ खर्ब, प्रतिव्यक्ति ऋण ८१ हजारभन्दा बढी

२०८० माघ ८ गते

बैंकिङ खबर/चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/ ८१ दोस्रो त्रैमाससम्म देशको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको हो । यो रकम भुक्तानी हुन बाँकी सार्वजनिक ऋणको सावाँ ब्याज सम्मिलत कुल रकम हो ।

यसमध्ये सुरु मौज्जाद २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ र १ खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ ऋण प्राप्ति रहेको छ । यो अवधिसम्म सरकारले गरेको साँवा भुक्तानी रकम ७७ अर्ब ४५ करोड १४ लाख रुपैयाँ रहेको छ ।

गत मङ्सिर मसान्तसम्ममा सार्वजनिक ऋणको आकार २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ थियो । यसरी एक महिनाको अवधिमा सरकारको ऋण भुक्तानीको दायित्व १३ अर्ब २२ करोड ६५ लाख रुपैयाँले वृद्धि भएको छ ।

समीक्षा अवधिससम्म आन्तरिक ऋणमार्फत १ अर्ब २८ करोड ३१ लाख रुपैयाँ र बाह्य ऋण ३४ अर्ब २७ करोड ४९ लाख रुपैयाँ प्राप्ति गरिएको छ । यस्तै यो अवधिसम्म आन्तरिक ऋणको ५९ अर्ब ३७ करोड १६ लाख रुपैयाँ र बाह्य ऋणको १८ अर्ब ७ करोड ९८ लाख रुपैयाँ साँवा भुक्तानी गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना, २०७८ अनुसार कुल जनसङ्ख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ८१ हजार ७५९ रुपैयाँ हुन आउँछ ।