
बैंकिङ खबर/साधना लघुवित्त वित्तीय संस्था लि.ले वित्तीय साक्षरता र लघुबीमा क्षतिपुर्ति दावी वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
वित्तीय संस्थाको पर्सा जिल्लास्थित शाखा कार्यालय ठोरीले ठोरी गाउँपालिका वडा नं १ स्थित घलान टोलमा सञ्चालन भएको थियो ।
कार्यक्रममा ठोरी गाउँपालिकाको वडा नं १ को वडाध्यक्ष घनमान थापा प्रमुख अतिथि, साधना लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने विशिष्ठ अतिथि र शाखा कार्यालय ठोरीको शाखा प्रमुख ललिता सिंह क्षेत्री सभापति, स्थानीय समाजसेवी, बुद्धिजिवी कर्मचारी समेतको उपस्थिति रहेको थियो ।
वित्तीय साक्षरता कार्यक्रममा प्रमुख अतिथि घनमान थापाले लघुवित्त संस्था गरिब तथा विपन्न परिवारलाई जिविकोपार्जन तथा स-साना व्यवसायको माध्यमबाट नेपालमा गरिबी न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको साथै कहि कतै स-साना कमजोरी देखिएकोले लघुवित्त संस्था सच्चिएर अझै राम्रासँग आफ्नो भूमिका बनाउन र लघुवित्त संस्थाबाट लिएको कर्जा नियिमत तिर्न तथा कर्जा मिनाहा हुने भ्रमबाट मुक्त हुनुपर्ने कुरामा जोड दिएका थिए ।
यसैगरी केन्द्रीय कार्यालयको प्रमुख कार्यकारी अधिकृत रेश न्यौपानेले वित्तीय संस्था हाल ३१ जिल्लामा ९३ वटा शाखा कार्यालयमार्फत १ लाख ५ हजार सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको साथै लगभग ५० हजार जनालाई व्यक्तिहरुलाई लघुउद्यम तथा व्यवसाय गर्न कर्जा उपलब्ध गराएर रोजगारी सिर्जना गरेको, वित्तीय संस्थाले कर्जा, बचत, बीमा, रेमिटान्स मात्र नभइ गैर वित्तीय सेवा पनि प्रदान गर्दै आएको र भविष्यमा आफ्नो सेवा प्रवाहलाई देशको विभिन्न भू–भागमा विस्तार गरी कार्यक्रम सञ्चालन गर्ने लक्ष्य रहेको बताए ।
प्रमुख कार्यकारी अधिकृतले हाल केही व्यक्तिहरु लघुवित्त संस्थाको क्रृण मिनाहा हुन्छ भन्ने कुरा भ्रममा रहेको,लघुवित्त संस्थाले वाणिज्य बैंकबाट होलसेल कर्जा लिएर खुद्र्रा रुपमा न्यून मार्जिन हाल मार्जिन माइन्समा भएपनि सेवा प्रवाहलाई निरन्तरता गरिरहेकोले स्थानीय निकायको पदाधिकारी तथा समाजको बुद्धिजिवीहरुले कर्जा लिएपछि कर्जा तिर्नुपर्ने कुरालाई राम्रोसँग बुझाउनु पर्ने आवश्यकता रहेको, हल्लाकोपछि नलागि यथार्थ कुरा पता लगाउन तथा लघुवित्त संस्थाको सेवा प्रवाहमा कमि कजोरी देखिएमा नेपाल राष्ट्र बैंकमा गुनासो राख्न सकिने भनि जानकारी गराएका थिए ।
त्यसैगरि उल्लेखित कायक्रममा शाखा कार्यालय ठोरीमा आवद्ध केन्द्र नं ४९ मा आवद्ध सदस्य मनमाया तमाङको असमायिक निधन भएकोमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरी निजको श्रीमान आइत बहादुर तामाङलाई बीमा क्षतिपूर्ति वापत बाँकी भएको कर्जा मिनाहा गरी एक लाख ७५ हजार चार सय ८९ मात्र प्रमुख अतिथि र प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा क्षतिपूर्ति रकम वित्तरण गरेका थिए ।




