Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

नयाँ स्टक एक्सचेन्जका लागि अर्थ मन्त्रालयले अध्ययन समिति बनाउँदै

२०८० पुष १८ गते

बैंकिङ खबर/ अर्थ मन्त्रालयले नयाँ स्टक एक्सचेन्ज स्थापनाका लागि अध्ययन समितिको प्रस्ताव गर्ने भएको छ। मन्त्रालयका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकमा अध्ययन समिति सदस्यसहितको प्रस्ताव जानेछ।

बोर्डले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दै पत्र पठाएपछि मन्त्रालयले अध्ययन समिति बनाएर मन्त्रिपरिषद् पठाउन लागेको हो। मन्त्रिपरिषद्‍बाट अध्ययन समिति र समयावधि तोकिएर अनुमोदन हुनेछ।