Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

हुण्डी कारोबार र यसका जोखिमका कारणहरु ?

२०८० पुष १७ गते

रबि काफ्ले

विदेशमा आर्जन गरेको रकम औपचारिक माध्यमबाट नपठाइ कुनै दलाल, निजी व्यापारी, एजेन्ट, व्यक्ति वा दर्ता नभएका एजेन्सीमार्फत् स्वदेशमा पठाउने वा स्वदेशबाट विदेशमा पठाउने कार्यलाई हुण्डी भनिन्छ ।

नेपालमा हुण्डी मार्फत् रकमान्तर गर्नु वा विप्रेषण गर्नु गैरकानूनी कार्य हो । अनौपचारिक माध्यमबाट पैसा पठाउँदा पैसा सुरक्षित पनि हुँदैन । कसैले थाहा पाएमा कानुन बमोजिम सजाय पनि हुन्छ । यसलाई नेपाल राष्ट्र बैंकले पनि अवैध धन भित्राउने माध्यम भनेको छ ।

अर्को शब्दमा अन्तरदेशीय मुद्रा कारोबार गर्ने अवैध तरिका हो हुण्डी । हुण्डीको कारोबार गर्नेहरुलाई दुबै देशमा एजेण्ट र सम्पर्क व्यक्ति राखेर कारोबार गरिरहेका हुन्छन् ।

मानौकी नेपालमा कोही व्यक्तीलाई तत्कालै पैसा आवश्यक परेमा अन्य देशमा रहेको मध्यस्थकर्ताले उही पैसा लिने र नेपालमा भएको मध्यस्थस्थकर्ताले नेपालमा आवश्यक व्यक्तिलाई छिनभरमै पु¥याइदिने काम गर्दछन् । विचौलियामार्फत गरिने उक्त काम एकदमै जोखिमपूर्ण रहेको छ ।

कुनै एक देशमा रही हुण्डी कारोबारीले एजेन्टमार्फत रकम संकलन गर्छन र उनीहरुको परिवारलाई तत्कालै पु¥याइदिने काम गर्छन् । रेमिट्यान्स पठाउँदा हुने सबै प्रक्रियागत झन्झटिलो भएकाले मानिसहरु हुण्डी कारोबारमा आकर्षित पनि हुन्छन् । तर यस्तो कारोबार अवैध र जोखिमपूर्ण मानिन्छ ।

हुण्डी कारोबारमार्फत विदेशबाट स्वदेशमा रकम प्राप्त भएपनि यो अत्यन्त जोखिमपूर्ण छ । खासगरी सुन तस्करी, लागुऔषध कारोबार, न्यूनविजकीकरण सामान आयात, मानव बेचविखन, अवैैध हातहतियारको कारोबार जस्ता अपराधजन्य कार्यमा हुण्डीले प्रसर्य दिइरहेको पाइन्छ । त्यसैले पनि हुण्डी कारोवारलाई अवैध र जोखिमपूर्ण मानिएको हो ।

हुण्डी कारोबार गर्नेहरुले कुनैपनि देशको कानून अनुसार रेमिट्यान्स कारोबार गर्नका लागि स्वीकृति लिएका हुँदैनन् । त्यसैले आफुले खाई नखाइ कमाएको पैसा बीचैमा हिनामिना हुनसक्ने जोखिम उत्तिकै छ । त्यसैले रकम हिनामिना भएमा गुनासो गर्ने तथा कानुनी उपचार पाउन समेत कठिन छ ।

साथै आफ्नो परिश्रमको वैध रकमलाई दलाल र विचौलियाहरुले अवैध कारोबार तथा अपराधजन्य कार्यमा लगाउने भएकाले यसलाई निरुत्साहन गर्ने भएकाले सबै व्यक्ति हुण्डी कारोबार गर्ने विषयमा सचेत हुनुपर्ने देखिन्छ ।

त्यसैले औपचारिक रेमिटान्स तथा बैंकिङ च्यानलमार्फत रकमको कारोबार गरौं । जसले मुलुकको व्यापार घाटा कम गर्न पनि यसले महत्वपूर्ण योगदान दिन्छ ।

अझ यस्ता अवैध धन्दा सञ्चालन गर्ने व्यक्ति र संस्थाको बारेमा तत्काल नजिकैको सुरक्षा निकायलाई जानकारी गराउन पनि आवश्यक देखिन्छ । यस्ता गैरकानूनजन्य अपराध नियन्त्रण गर्न हरेक विदेशिका नागरिक सजक भइ आफुले कमाएको पैसा सुरक्षित गर्ने तर्फ ध्यान दिनु जरुरी छ ।

काफ्ले सिटिजन्स बैंक, बुटवल कालिकानगरमा आवद्ध हुनुहुन्छ ।