Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंकद्वारा भक्तपुरको दिव्येश्वरी मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण

२०८० पुष ५ गते


बैंकिङ खबर/कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लोकन्थली, भक्तपुरमार्फत भक्तपुरस्थित श्री दिब्येश्वरी मन्दिरलाई खानेपानीे ट्याङ्की र डस्टबिन हस्तान्तरण गरेको छ ।

बैंकका शाखा कार्यलय लोकन्थलीका शाखा प्रमुख गोबिन्द शिवाकोटिले श्री दिब्येश्वरी मन्दिरलाई उक्त खानेपानी ट्याङ्की र डस्टबिन हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा स्थानीय महानुभावहरु नजिकका संस्थाहरूका विशेष आमन्त्रितहरूको साथै बैंकका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका सामाजिक कार्यहरुलाई निरन्तरता दिने छ ।