Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकले ल्यायाे नागरिक बचत खातामा फेस्टिभ अफर

२०८० पुष ३ गते

बैंकिङ खबर/ कुमारी बैंकले नजिकिँदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसार जस्ता चाडपर्वलाई लक्षित गरेर नागरिक बचत खातामा आर्कषक छुट तथा अफरहरु प्रदान गर्ने भएको छ ।

आगामी पुस ८ गतेदेखि २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गरिने छ भने सो खातामा न्युनतम रकम १ हजार रुपैयाँ हुनुपर्नेछ । उत्त सुविधाहरु नागरिक बचत खातामा मात्र लागू हुने कम्पनीले बताएको छ ।

डिजिटल बैंकिङ सेवाहरुलाई प्रोत्साहन गर्नका साथै बैंकिङ सेवामा उत्कृष्टताको परम्परालाई निरन्तरता दिँदै ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्‍याउन सदैब तत्पर रहेको पनि कम्पनीले बताएको छ ।

कम्पनीले देशव्यापी ३०९ शाखारसञ्जाल, ३१४ वटा एटीएम, ६५ शाखा रहित बैंकिङ इकाई तथा ४९ वटा एक्स्टेन्सन काउन्टरमार्फत् वित्तीय सेवा सुविधा दिँदै आएको छ ।