Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकको सीईओका लागि ५ जना परे अन्तिम सूचीमा

२०८० पुष २ गते

बैंकिङ खबर/नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि आवेदन दिएका १९ जनामध्ये संक्षिप्त सूचीमा ५ जना छनोट भएका छन्। संक्षिप्त सूचीमा परेका ५ जनाको अन्तर्वार्ता आगामी बुधबार हुने नेपाल बैंकले जनाएकाे छ। सूचीमा अशोककुमार पौडेल, तिलकराज पाण्डेय, ध्रुवचन्द्र गौतम, लक्ष्मण पौडेल र समता पन्त (भट्ट) चयन भएका छन्।

पौडेल र पाण्डेयको अन्तर्वार्ता बुधबार बिहान ८ देखि १० बजेसम्म हुनेछ। गौतम, पौडेल र भट्टको अन्तर्वार्ता बुधबारै दिउँसो ४ देखि ७ बजेसम्म हुनेछ। बैंकले असोज २१ गते सीईओका लागि आवेदन माग गरेको थियो। नेपाल बैंकको सीईओ बन्न १९ जनाले आवेदन दिएका थिए। जसमा अशोककुमार पौडेल, विभुप्रसाद अर्याल, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, छविराज पन्त, राजुनाथ खनाल, विष्णुदेव यादव, प्रमोदबाबु तिवारी, रमेशप्रसाद जोशी, शंकर केसी, सुरेन्द्र भूषण श्रेष्ठ, प्रताप सुवेदी, तिलकराज पाण्डेय, दीर्घबहादुर अर्याल, ध्रुवचन्द्र गौतम, समता पन्त, देवेशप्रसाद लोहनी र कृष्णप्रसाद आचार्यले आवेदन दिएका थिए।