Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवाको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी

२०८० पुष १ गते

बैंकिङ खबर/कामना सेवा विकास बैंकको प्रमुख व्यवसाय अधिकृतमा दिपेन्द्र सुवेदी नियुक्त भएका छन् । प्रमुख व्यवसाय अधिकृत सुवेदीलाई बैकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले स्वागत गरेका छन् । करिव १७ वर्ष को बैकिङ अनुभव भएका सुवेदीले शुक्रवार आफ्नो पद वहाली गर्नु भएको छ ।

उक्त स्वागत तथा पदवहाली कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल लगायत अन्य उच्च पदस्थ कर्मचारीहरुको उपस्थिती रहेको थियो । सुवेदी कामना सेवामा आउनु भन्दा अगाडी साग्रीला डेभलपमेण्ट बैंकमा कार्यरत रहेका थिए ।

सुवेदीको नियुक्तीले बैंकको आफ्नो व्यवसाय वृद्धीमा उल्लेख्य टेवा पुग्ने विश्वास बैंकले लिएको छ । हाल देशभरका विभिन्न स्थानमा रहेका १३५ वटा संजाल, ७७ वटा एटिएमवाट बैंकले आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आईरहेको छ ।