December 13th, 2023

प्रभु बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर बीच छूट सम्झौता


बैंकिङ खबर/काठमाडौं चावहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर र प्रभु बैंक बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छूट प्रदान गर्ने सम्झौता भएको छ ।

सोमबार आयोजित एक कार्यक्रममा ॐ हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महत र प्रभु बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत मञ्जय राज पाण्डेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले ॐ हस्पिटलमा उपचार सेवा लिँदा अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी र दन्त सेवा लगायतका सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् ।

उक्त अवसरमा प्रभु बैंकका बजार व्यवस्थापक सबिन राणा तथा ॐ हस्पिटलका व्यापार प्रबर्द्धन व्यवस्थापक विनोद अधिकारीको समेत उपस्थिति थियो ।

प्रभु बैंकका देशभर रहेका ३०१ शाखामा ३१ लाखभन्दा बढी ग्राहकहरु छन् । कम्पनीले ७१ वटा एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, ३१० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट मोबाइल र इन्टरनेट बैंकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]