November 28th, 2023

एभरेष्ट बैंकले सार्वजनिक गर्‍यो वित्तीय चेतनामूलक पाँच भिडियो

बैंकिङ खबर/ एभरेष्ट बैंकले डिजिटल लिट्रेसी अन्तर्गत वित्तीय चेतनामूलक पाँच विभिन्न किसिमका भिडियोहरु निर्माण गरेको छ । जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ वटा श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने उक्त कम्पनीका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेतीले जानकारी दिएका छन् ।

उक्त भिडियोहरुमा मोबाइल बैंकिङको प्रयोग, धारा–बत्ती तथा स्कूलकोबिल भुक्तानी तरिका,डिजिटल ठगीबाट बच्ने उपाय,सरकारी राजस्व भुक्तानी तरिका र क्यूआर कोडको प्रयोग सम्बन्धी विधि रहेको र उक्त भिडियोहरुबाट सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुमा वित्तीय चेतना अभिवृद्धि हुने विश्वास लिएको कम्पनीले बताएको छ।

साथै कम्पनीले नेशनल बैंकिङ इन्स्टिच्युटसँगको सहकार्यमा सात वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रमको सुरुवात भएको जानकारी समेत दिएको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]