Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी सनराइज बैंक आमन्त्रण गल्फको ट्रफी उचाले शेर्पाले

२०८० मंसिर १० गते

बैंकिङ खबर/नोर्बु छिरिङ शेर्पाले शनिबार काठमाण्डौको गोकर्ण गल्फ क्लबमा सम्पन्न लक्ष्मी सनराइज बैंक इनभाइटेशनल गल्फको आठौं संस्करणको उपाधि जितेका छन् ।

दुई ह्यान्डिक्यापसँग खेल्दै शेर्पाले ४१ स्टेबलफोर्ड अंक जोडेर उपाधि जितेका हुन् । ४१ अंक जोड्दै उनले १२ औं र १७ औं होलमा बोगीहरूविरुद्ध पहिलो, तेस्रो, चौथो, १३ औं र १८ औं होलमा बर्डी कार्ड खेले। आशिष श्रेष्ठले ४० अंक जोड्दै प्रतियोगितामा उपविजेता बनेका थिए ।

ताशी डोङले ३९ ग्रस अंक जोड्दै उत्कृष्ट ग्रसको अवार्ड जितेकी छन् । महिलातर्फ सुमित्रा खड्का ३४ अङ्कका साथ विजेता र आरती राणा ३३ अङ्कका साथ उपविजेता भइन् ।

मेजर जनरल (निवृत्त) महेश विक्रम कार्की टेन्डी शेर्पासँग बराबरी भएपछि काउन्ट ब्याकमा ३४ अंकका साथ सिनियर (६० वर्ष र सोभन्दा माथि)तर्फ बिजेता बने । सद्भाव आचार्यले सबैभन्दा लामो ड्राइभको अवार्ड, ताहिर शाहले सबैभन्दा नजिकको पिन र वाङ्चेन धोन्डुपले चार बर्डी र एउटा चीलसहित मोस्ट बर्डीजको अवार्ड पाए। लक्ष्मी सनराइज कलरको पहिरन लगाएका विजयबहादुर श्रेष्ठले मोस्ट एलिगेन्ट गल्फर अवार्ड पाए ।

लक्ष्मी सनराइज बैंकले प्रायोजन गरेको उक्त इभेन्टमा स्टेबलफोर्ड ढाँचामा ३/४ ह्याण्डीक्यापसहित ७ महिला गल्फरसहित ९६ गल्फ खेलाडीको सहभागिता रहेको थियो ।

प्रतियोगिताका विजेताहरुलाई लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए ।