
बैंकिङ खबर/ एभरेष्ट बैंक लिमिटेडले टोखा नगरपालिका–६मा शाखा विस्तार गरेको छ। ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यका साग शुक्रबार टोखामा १२८ औं शाखा उद्घाटन गरिएको हो।
शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उप–मेयर श्री मुरारी तामाङले संयुक्त रुपमा गरे। उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरू विश्वासको सहयात्री भएको साथै टोखा र सो आसपासका बासिन्दाहरूलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिरू सेवा प्रदान गराउने प्रतिवद्दता व्यक्त गरेका छन्।
सो अवसरमा टोखा नगरपालिकाका उप–मेयर श्री तामाङले टोखामा बैंकको आगमनले सर्वसाधरणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताइन्। यो संगै बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ।
उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशव राज पौडेल, बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति थियो।



