
बैंकिङ खबर/ युवा व्यवसायी रोशन केसी माछापुच्छ्रे बैंकको अध्यक्ष नियुक्त भएका छन्। डा. उपेन्द्र महतोको राजिनामा स्वीकृत भएपछि बिहीबार बसेको बैंक सञ्चालक समितिको निर्णयले केसीलाई अध्यक्षमा नियुक्त गरेको हो। विगत १० वर्षदेखि केसी माछापुच्छ्रे बैंकको डारेक्टर रुपमा आवद्ध थिए।
साथै, उनी यसअघि पनि माछापुच्छ्रे बैंकको अध्यक्ष बनेका थिए। २०७४ वैशाख १४ देखि २०७५ पुस २० सम्म पनि बैंकका अध्यक्ष थिए। अध्यक्षमा नियुक्त हुनुअघि उनले यसै बैंकमा संस्थापक सञ्चालकको रुपमा प्रतिनिधित्व गरिरहेका थिए।
माछापुच्छ्रे बैंकमा केसी ग्रुप र महतो ग्रुप खुख्य सेयर होल्डर हुन्। केसी ग्रुपबाट रोशनले नै बैंकमा प्रतिनिधित्वमा गरिरहेका थिए। केसी एक सफल युवा व्यवसायीको रुपमा स्थापित छन। हाइड्रो, कन्स्ट्रक्सन, हाउजिङ, रारा चाउचाउलगायत क्षेत्रमा उनको लगानी छ। इन्जिनियरिङ सकेपछि केसीले पुनः एमबीए गरेका थिए।


