Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकका लागि २०० रुपैयाँ क्यासब्याक अफर

२०८० कार्तिक २४ गते

बैंकिङ खबर/एनएमबी बैंकले एनएमबी डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ। तिहारमा विद्युतीय कारोबार प्रोत्साहन गर्ने उदेश्यले नोभेम्बर ११ देखि नोभेम्बर १९ सम्म बैंकले सो अफर ल्याएको जनाएको छ। बैंकको डेबिट कार्ड प्रयोग गरी एइक् वा ई–कमर्स करोबारमा क्यासब्याक प्राप्त गर्न सकिने छ।
क्यासब्याक प्राप्त गर्न एक पटकमा रु १,००० को न्यूनतम भुक्तानी गर्नु पर्नेछ। एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १५७ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।