Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्लोबलका ग्राहकलाई डिजिटल कारोबार गर्दा क्यासब्याक अफर

२०८० कार्तिक २४ गते

बैंकिङ खबर/ ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबार मार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने पक्का भएको छ । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकहरूले नेपालभरका पस मेसिनमा एक हजार वा सो भन्दा बढीको कम्तीमा ३ वटा कारोबारमा ३०० अथवा ५ वटा कारोबारमा ५०० क्यासब्याक पाउनेछन् ।

पस मेसिनमार्फत्को कारोबारमा क्यासब्याक पाउने समयावधि कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म रहेको छ । यसैगरी बैंकको मोबाइल बैंकिङ ए्याप–ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ता ग्राहकहरूले कार्तिक २५ गते कागतिहार देखि कार्तिक २९ भाइटीकासम्म बेलुका ५ बजे देखि ८ बजेसम्म क्यूआरमार्फत् प्रोमो कोड तिहार लेखी भुक्तानी गर्दा खरिदको १० प्रतिशत वा ३०० सम्म क्यासब्याक पाउनेछन् ।