
बैंकिङ खबर/ एभरेष्ट बैंक सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । एभरेष्ट बैंक लिमिटेडको ३६० औं सञ्चालक समितिको् बैठकले सञ्चालक समितिका सदस्य डा. बालगोपाल वैद्यलाई सञ्चालक समितिको अध्यक्ष नियुक्त गरको हो । साथै उनले आज नेपाल राष्ट्र बैंकका गभर्नर समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
विगत २० वर्ष देखि बैंकको सञ्चालक समिति सदस्य रहिआएका डा. वैद्य लामो समयदेखि अर्थ विज्ञका रुपमा समेत परिचित छन् । राष्ट्रिय योजना आयोगका पूर्व सदस्य रहिसकेका डा. बालगोपाल वैद्यले फिलिपिन्सबाट अर्थशास्त्र विषयमा विद्यावारिधी गरेका छन् । साथै, उनी बोर्ड अफ ट्रष्टी र गरिबी निवारण कोषको सदस्य समेत रहिसकेका छन् ।


