
बैंकिङ खबर/नेपाल राष्ट्र बैंक कर्मचारी संघ धनगढी समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा समापन गरिएको छ । यही कात्तिक १७ र १८ गते धनगढीमा भएको उक्त प्रतियोगितामा विभिन्न बैंकका २० वटा टिमको सहभागिता रहेको थियो। प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रहेको एनआईसी एशिया बैंकको टिम नै प्रथम भएको हो । हिमालयन बैंकलाई ४÷२ को अन्तरले पराजित गर्दै एनआईसी एशिया बैंक प्रथम भएको हो ।
प्रथम टिमलाई नगद रू.२५००० सहित ट्रफि, मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । त्यसैगरी प्रतियोगितामा हिमालयन बैंक द्वितीय भएको छ । खेलमा उत्कृष्ट गोल रक्षक कुमारी बैंकका केशव राज बिनाडि, उत्कृष्ट खेलाडीमा जीवन कुमार शाही, हिमालयन बैंक र सर्वाधिक गोलकर्तामा आशिष थापा(१३)सिद्धार्थ बैंक रहेका छन् ।
उनीहरुलाई नगदसहित सम्मान गरिएको छ । विजया दशमी, दिपावली तथा छठको अवसरमा ‘खेलकुद मार्फत निर्माण गरौ मैत्रीपूर्ण व्यवहार, दीगो र विश्वसनीय बैंकिङको आधार’ भन्ने नाराका साथ उक्त प्रतियोगिता आयोजना गरिएको हो ।


