Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भूकम्प प्रभावितलाई सिटिजन्स बैंकको २५ लाख रूपैयाँ सहयोगको घोषणा

२०८० कार्तिक १८ गते

बैंकिङ खबर/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जाजरकोट भूकम्प पीडितको सहायताका लागि २५ लाख रूपैयाँ आर्थिक सहयोग घोषणा गरेको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २५ लाख रूपैयाँ आर्थिक सहयोग जम्मा गर्ने निर्णय भएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंकले भूकम्पबाट ज्यान गुमाएका परिवारप्रति समवेदना र घाइतेहरुको स्वस्थ लाभको कामना समेत गरेको छ ।