Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

प्रत्येक नेपालीको थाप्लोमा ८० हजारको ऋणभार

२०८० कार्तिक १३ गते

बैंकिङ खबर/ सरकारले लिएको सार्वजनिक ऋण साढे २३ खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको सार्वजनिक ऋणभार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा २३ खर्ब ५४ अर्ब ५९ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

यसमा आन्तरिक ऋण बाह्य ऋणभन्दा बढी छ । आन्तरिक ऋण ११ खर्ब ८३ अर्ब छ भने बाह्य ऋण ११ खर्ब ७१ अर्ब रुपैयाँ रहेको छ । तथ्यांक अनुसार सरकारले लिएको यस्तो ऋणलाई नेपालको २०७८ को जनगणनाको संख्यासँग हिसाव गर्ने हो भने प्रति व्यक्ति ऋणभार ८० हजार ७ सय ३४ रुपैयाँ हुन आउँछ ।

हाल नेपालको जनसंख्या करिब ३ करोड पुगेको छ । यो जनसंख्यालाई आधार मान्ने हो भने पनि नेपालीमाथिको ऋणभार ७८ हजार रुपैयाँभन्दा बढी पुगिसकेको देखिन्छ ।