Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकद्वारा लिफान नेपालको ईभी स्कुटरको खरिदमा विशेष छुट

२०८० आश्विन २४ गते

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लिफान नेपालको ईभी स्कुटरको खरिदमा विशेष छुट दिने भएको छ । कम्पनीले ग्राहकलाई थप सेवा दिन लिफान नेपालको ईभी स्कुटरहरुको खरिदमा छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको हो ।

काठमाण्डौंको नागपोखरीमा मूख्य सोरुम रहेको नेपालको लागि लिफान इलेक्ट्रीक स्कुटरको आधिकारिक विक्रेता पिनाकल मोटोराड प्रालिसँग गरेको सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका कर्मचारीहरु र ग्राहकहरुले पिनाकल मोटोराडको नागपोखरी र भरतपुरमा रहेको शाखाबाट लिफान नेपालको विभिन्न मोडलका ईभी स्कुटरहरुको खरिदमा विशेष क्यास छुट र एक्सेन्जमा समेत छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, कम्पनीले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भीषा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट नि : शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।