Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई “सुमेरु अस्पताल”मा विशेष छुट

२०८० आश्विन १९ गते

बैंकिङ खबर/मुक्तिनाथ विकास बैंक लि.का ग्राहकहरुले “सुमेरु अस्पताल”मा विशेष छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो ग्राहकहरुलाई थप सेवादिन ललितपुरको धापाखेलमा रहेको “सुमेरु अस्पताल”सँग छुट प्रदान गर्ने गरी व्यवसायिक सम्झौता गरेको छ ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले सुमेरु अस्पतालकोे विभिन्न सेवाहरु जस्तै ओपिडि, आईपिडि र फारमेसीमा विशेष १० प्रतिशतसम्मछुट प्राप्त गर्न सक्ने बैंकले बताएको छ ।