Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवा विकास बैंक र मल्पी इन्टरनेसनल कलेजबीच शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता

२०८० आश्विन १९ गते

बैंकिङ खबर/ कामना सेवा विकास बैंकले चक्रपथस्थित मल्पी इन्टरनेसनल कलेजसँग शिक्षण शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ। बैंक र कलेजबीच शुक्रबार उक्त सम्झौता भएको हो।
सम्झौताअन्तर्गत बैंकका कर्मचारी र कर्मचारी परिवारका सदस्यहरूलाई ४ वर्षको भर्ना र सेमेस्टर शिक्षण शुल्कमा २० प्रतिशत छुट हुनेछ। त्यस्तै बैंकका ग्राहकहरूलाई भर्ना र सेमेस्टर शिक्षण शुल्कमा १५ प्रतिशत छुट हुने बैंकले जानकारी दिएको छ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ। यसबाट बैंकमा आबद्ध सबैले लाभ लिने बैंकले विश्‍वास लिएको छ।