Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकको सेवा मूल्याङ्‍कन क्युआर कोडमार्फत

२०८० आश्विन ७ गते

बैंकिङ खबर/सानिमा बैंकले ग्राहकले सम्पूर्ण कार्यालयहरुमार्फत बैंकको सेवासम्बन्धी आफ्नो अनुभव मूल्याङ्‍कन गर्न मिल्ने सुविधा ल्याएको छ। बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैंकको सेवा मूल्याङ्‍कन गर्न यो सुविधा ल्याएको जनाएको छ।

सानिमा बैंकका सेवाग्राहीले क्युआरमार्फत बैंकको सेवाको अनुभव मूल्याङ्‍कन गर्न तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन्। बैंकले आफ्नो सम्पूर्ण कार्यालयहरुको काउन्टर र ग्राहक सेवा विभागमा क्युआर कोड उपलब्ध गराएको छ।

क्युआर कोड स्क्यान गरी ग्राहकले बैंकमा आफ्नो अनुभव तत्कालै मूल्याङ्‍कन गर्न तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन्। बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको विज्ञप्तिमा उल्लेख छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा एटीएमहरु सञ्‍चालनमा रहेका छन्।